आजको मिति: शुक्रबार, जेठ १, २०८३
०९:२० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद् मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको भन्दै सत्ता पक्षका सांसदहरूले समेत त्यसलाई सामान्य बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई वेवास्था गर्नु दुखद् मात्र होइन्, संसदीय अभ्यासप्रतिको उदासिनता पनि हो । अझ सत्ता पक्षका माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ । आज दुई तिहाई संस्थाको आडमा सांसदहरूलाई कमजोर बनाउन खोजिएको अनुभूति भएको छ । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन् ।’

उनले सदनलाई चिया चौतारीजस्तो बनाइएको टिप्पणी गरे ।

सदन गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा तर प्रधानमन्त्रीले गुरुकुल र विश्वविद्यालय बंक गर्न थालेको भन्दै आपत्ति जनाए ।

उनले भने,‘सदन एउटा चिया चौतारी होइन, जहाँ मन लागे आउने मन नलागे नआउने र मन नलागे जाने । सदन गुरुकुल,विश्वविद्यालय हुनुपर्छ । तर गुरुकुल आज एउटा परिस्थिति बनेको छ कि स्वयम् प्रधानमन्त्रीज्यूले यो गुरुकुल र विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ ।’

प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी पनि उनले दिएका छन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *