आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०९:३६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

‘यो लोकतन्त्र हो, र्यापतन्त्र होइन’

Infinite Scroll Ad

नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिविरुद्ध आज पनि प्रदर्शन भएको छ । 

केही दिनयता विभिन्न समूहले काठमाडौँमा विरोध प्रदर्शन गरिरहँदा आज त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरू सडकमा ओर्लिएका हुन् । प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै उनीहरूले क्याम्पस परिसरमा प्लेकार्डसहित प्रदर्शन गरे । 

प्रदर्शनका क्रममा विद्यार्थीले राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको माग गर्दै नारा लगाएका थिए । त्यसक्रममा ‘हाम्रो भूमि हाम्रो शान, ज्यान दिन्छौँ दिन्नौँ दान’, ‘ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्शा पनि नरहला जस्तो छ’, ‘राष्ट्रियतामाथि प्रहार सहँदैनौँ’जस्ता नारा लेखिएका प्लेकार्ड देखाइयो । 

Sidebar Premium Ad

विद्यार्थीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबाट वीर पुर्खाहरूको बलिदानको अपमान भएको ठहर गर्दै माफी माग्न माग गरेका छन् । साथै, प्रधानमन्त्रीको पदीय मर्यादा र जिम्मेवारीको स्मरण गराउँदै ‘यो लोकतन्त्र हो प्रधानमन्त्रीज्यू,र्याप र जोकतन्त्र होइन’ भन्दै आलोचनासमेत गरे ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *