आजको मिति: बिहिबार, जेठ २१, २०८३
११:५९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
गौरादहमा वडास्तरीय फुटसल प्रतियोगिता हुने|सुकुम्बासी होल्डिङ सेन्टरमा बेहाेस भएका दर्जीकाे मृत्यु|दमकमा २१ वर्षीया युवतीको हत्या प्रकरण: पाँच दिन बित्दा पनि रहस्य खुल्न सकेन|उर्लाबारीमा आइतबार पनि विद्यालय खोल्ने नगरपालिकाको निर्णय|रोल्पामा खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको मृत्यु|कुशल भुर्तेलको लगातार दोस्रो शतक|मृत्युको मुखबाट फर्किए दावा शेर्पा, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो|जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानून संशोधन गर्न सरकार प्रतिबद्ध: मन्त्री वादी|इरान युद्धमा ट्रम्पलाई झट्का, युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित|सुनचाँदीको मूल्यमा सामान्य गिरावट|

गौरादहमा वडास्तरीय फुटसल प्रतियोगिता हुने

Infinite Scroll Ad

गौरादह । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूपदार्थविरुद्धको सन्देश प्रवाह गर्ने उद्देश्यसहित गौरादहमा वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्पर्श सामाजिक क्लबको आयोजनामा गौरादह १ स्थित स्पोर्ट हब गौरादहको फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । आगामी जेठ ३० गते हुने प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष उज्ज्वल दाहालका अनुसार खेलकुदलाई सामाजिक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै लागूपदार्थविरुद्धको सन्देशलाई समुदायस्तरमै सशक्त बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Sidebar Premium Ad

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टिमले १५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद दस हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा रोयल कंचनजङ्गा ट्रेडर्स (दमक), सह–आयोजकमा भट्टराई पोल्ट्री तथा एग्रोभेट (गौरादह) रहेका छन् । त्यस्तै हस्पिटालिटी पार्टनरमा स्टार क्याफे, सेलेब्रेसन पार्टनरमा स्पोर्ट्स हाउस गौरादह र मिडिया पार्टनरमा गौरादह भ्वाइस रहेको आयोजकले जनाएको छ ।

Sidebar Premium Ad

आयोजकले वडास्तरीय टिमहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै खेलकुदमार्फत कुलतमुक्त समाज निर्माण गर्ने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *