आजको मिति: बिहिबार, जेठ २१, २०८३
०९:४३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
सुकुम्बासी होल्डिङ सेन्टरमा बेहाेस भएका दर्जीकाे मृत्यु|दमकमा २१ वर्षीया युवतीको हत्या प्रकरण: पाँच दिन बित्दा पनि रहस्य खुल्न सकेन|उर्लाबारीमा आइतबार पनि विद्यालय खोल्ने नगरपालिकाको निर्णय|रोल्पामा खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको मृत्यु|कुशल भुर्तेलको लगातार दोस्रो शतक|मृत्युको मुखबाट फर्किए दावा शेर्पा, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो|जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानून संशोधन गर्न सरकार प्रतिबद्ध: मन्त्री वादी|इरान युद्धमा ट्रम्पलाई झट्का, युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित|सुनचाँदीको मूल्यमा सामान्य गिरावट|उपेक्षामा प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्र|

कुशल भुर्तेलको लगातार दोस्रो शतक

Infinite Scroll Ad

एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन् । सिंगापुरमा भइरहेको खेलमा ओपनर ४४ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले ७ छक्का र १० चौका प्रहार गरेका छन् । 

यसअघि चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेको खेलमा पनि भुर्तेलले शतक हानेका थिए । नेपाल एसियाली खेलकुदतर्फ क्रिकेट प्रतियोगिताको लागि छनोट भइसकेको छ ।

पहिलो ब्याटिङमा उत्रिएको नेपालको लागि आशिफ शेखले २४ बलमा ६८ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र पाँच चौका प्रहार गरेका थिए । मलेसियाले टस जितेर नेपालविरुद्ध फिल्डिङ रोजेको थियो । सन्दीप जाेराले १४ बलमा १५ रन बनाए ।

Sidebar Premium Ad

१५ ओभरमा २ विकेट गुमाउँदा नेपालले २१४ रन बनाइसकेको छ । आशिफ र कुशलले पहिलो विकेटको लागि १३४ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *