आजको मिति: मंगलबार, जेठ १९, २०८३
०७:३८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नारायणहिटी हत्याकाण्डको २५ वर्ष|पछिल्लो २४ घण्टामा २ हजार बढी सवारीचालक कारबाहीमा परे, २७ लाख राजस्व संकलन|सुनको मूल्य ४०० रुपैयाँले बढ्यो|आङ्देम्बेको नेतृत्वमा कांग्रेसको छाया सरकार, नेताहरूलाई विभागीय जिम्मेवारी|प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक|‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही|शेयरबजारले पत्याएन बजेटलाई, पहिलो कारोबार दिनमै २६ अंकको पहिरो|प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|

आङ्देम्बेको नेतृत्वमा कांग्रेसको छाया सरकार, नेताहरूलाई विभागीय जिम्मेवारी

Infinite Scroll Ad

झापा । नेपाली कांग्रेसले सरकारको कामकारबाहीको प्रभावकारी निगरानी तथा जनसरोकारका विषयमा सशक्त भूमिका निर्वाह गर्ने उद्देश्यले छाया सरकार गठन गरेको छ ।

पार्टीको संसदीय दलको बैठकले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा छाया सरकार गठन गरेको हो । छाया सरकारमा विभिन्न क्षेत्रका अनुभवी नेता तथा विज्ञहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

छाया सरकारको प्रमुखमा भीष्मराज आङ्देम्बे रहेका छन् भने गृह विभागको जिम्मेवारी प्रकाश सिंह कार्कीलाई दिइएको छ । अर्थ विभागमा नरेन्द्रकुमार केरुङ, परराष्ट्रमा सुनिलबहादुर थापा तथा पूर्वाधार तथा विकास विभागमा मोहन आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

Sidebar Premium Ad

यस्तै, शिक्षा तथा खेलकुद विभागमा डा. फिर्दोस आलम, स्वास्थ्य तथा खाद्य स्वच्छता विभागमा डा. चन्द्रमोहन यादव, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा विष्णुबहादुर खड्का तथा कृषि, वन तथा वातावरण विभागमा डा. प्रमिलाकुमारी गच्छदार रहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला विभागको जिम्मेवारी खम्बबहादुर खाती, रक्षा विभागमा खड्ग शाही, सूचना तथा सञ्चार विभागमा मनमाया विश्वकर्मा तथा युवा, श्रम तथा रोजगार विभागमा गीता गुरुङलाई तोकिएको छ ।

त्यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन विभागमा सन्दिप राना, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा सन्तोष सुब्बा, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा विभागमा डा. गंगालक्ष्मी अवाल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन विभागमा जनकराज गिरी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन विभागमा योगेश गौचनलाई जिम्मेवारी दिइएको छ ।

Sidebar Premium Ad

नेपाली कांग्रेसले छाया सरकारमार्फत सरकारका नीति, कार्यक्रम तथा कार्यसम्पादनको नियमित अनुगमन गर्दै जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउने जनाएको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *