आजको मिति: मंगलबार, जेठ १९, २०८३
०८:३७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नारायणहिटी हत्याकाण्डको २५ वर्ष|पछिल्लो २४ घण्टामा २ हजार बढी सवारीचालक कारबाहीमा परे, २७ लाख राजस्व संकलन|सुनको मूल्य ४०० रुपैयाँले बढ्यो|आङ्देम्बेको नेतृत्वमा कांग्रेसको छाया सरकार, नेताहरूलाई विभागीय जिम्मेवारी|प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक|‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही|शेयरबजारले पत्याएन बजेटलाई, पहिलो कारोबार दिनमै २६ अंकको पहिरो|प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

Infinite Scroll Ad

काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र त्रासदीपूर्ण ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’ को आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारका दिन घटेको यस घटनालाई आज पनि नेपालको इतिहासमा एउटा अत्यन्तै रहस्यमय र कालो घटनाका रूपमा लिइन्छ। घटना घटेको साढे दुई दशक बितिसक्दा पनि यसको पूर्ण सत्यतथ्य र वास्तविकतातर्फ आम नागरिक अझै सन्तुष्ट हुन सकेका छैनन्।

आजभन्दा २५ वर्षअघि जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र नियमित पारिवारिक जमघट (डिनर मिटिङ) भइरहेका बेला अचानक अन्धाधुन्ध गोली चलेको थियो। उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, र राजकुमारी श्रुतिसहित राजपरिवारका ११ जना सदस्यको विभत्स हत्या भएको थियो। घटनामा देशले सम्झनायोग्य र जनप्रिय राजा मात्र गुमाएन, सिंगो वंश नै नाश हुने स्थिति बन्यो।

हत्याकाण्डको तत्कालै अनुसन्धान गर्नका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षता र प्रतिनिधि सभाका तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले नारायणहिटी भित्रका प्रत्यक्षदर्शी, घाइते र उपलब्ध प्रमाणहरूको अध्ययन गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। समितिको निष्कर्षमा प्रेम सम्बन्ध र पारिवारिक विवादका कारण आक्रोशित भएका युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूमाथि गोली चलाएको र पछि आफैँलाई पनि गोली हानेको उल्लेख गरिएको थियो।

Sidebar Premium Ad

यद्यपि समितिको उक्त छानबिन प्रतिवेदन र निष्कर्षलाई नेपाली जनताले पूर्ण रूपमा विश्वास गर्न सकेनन्। कडा सुरक्षा घेराभित्र रहने राजदरबारमा कसरी त्यति ठुलो नरसंहार सम्भव भयो र त्यसको भित्री योजनाकार को थियो भन्ने विषयमा आजका दिनसम्म पनि विभिन्न प्रश्न, रहस्य र शङ्काहरू उठिरहेकै छन्। २५ वर्ष बितिसक्दा पनि यो काण्डको यथार्थ विवरण आम जनताका लागि अझै पनि एउटा रहस्यकै गर्भमा लुकेको विषय बनेको छ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *