सोमबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठक अघि बढाएसँगै विपक्षी दलका सांसदहरू उभिएर बैठकमा ध्यानाकर्षण गराए ।
सभामुख अर्यालले राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई समय दिएका थिए । त्यसपछि सभामुख अर्यालले रास्वपाका सांसद इन्दिरा रानामगरलाई बोल्न समय दिएका थिए । तर विपक्षी दलका सांसदहरूले टेबल ठोकेर ध्यानाकर्षण गरेपछि सभामुख अर्यालले कांग्रेसका सचेतक निश्कल राईलाई समय दिएका छन् ।




