आजको मिति: सोमबार, जेठ १८, २०८३
०८:३६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
प्रधानमन्त्रीले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो : नेकपा|विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले|राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ|प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन|स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|

विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले

Infinite Scroll Ad

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् ।

उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘विद्युत्‌मा भ्याट आयो, आउँछ, तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौँ ।’

Sidebar Premium Ad

आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए । ‘विगतमा कुरा भए पनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,’ उनले भने ।

उनले यदि सबै नि:शुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गएको सुनाए । उनले भने, ‘आयमा आधारित करभन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।’

बजेटले पाँच वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने, ‘गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।’

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *