आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०७ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

कवि बम देवान अभिनन्दित

दमक ।

याक्खा समुदायका मुर्धन्य कवि धरान नगरपालिकाका पूर्व मेयर बम देवान अभिनन्दित भएका छन् ।

चर्चित साहित्यकार तथा भूमिगत बाम आन्दोलनका हस्ती देवानलाई सो अवसरमा धनाहाङ्मा भैरव राई स्मृति पुरस्कारसमेत प्रदान गरिएको हो ।

भानुसाझा पुस्तकालय सुन्दर हरैचा ५ तीनपैनी मोरङद्वारा आयोजित कार्यक्रमका बीच देवानलाई शनिबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ताम्रपत्र र दोसल्लासहित अभिनन्दन गरेका हुन् ।

सो अवसरमा उनलाई ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको धनाहाङ्मा भैरव राई स्मृति पुरस्कार प्रदान गरिएको हो । स्मृति कोषका तर्फबाट जीवन राईले सो रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँ, साहित्यकार मनु मन्जिललगायतले कवि बम देवानको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *