बजेटपछिको पहिलो कारोबार दिन सोमबार नै शेयरबजारमा २६ अंकमाथिको पहिरो गएको छ ।
उसो त बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभ करलाई नै अन्तिम कर हुने घोषणा गर्दै आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट ल्याएकामा शेयरबजार (लगानीकर्ता) ले अर्थमन्त्री वाग्ले र बजेट दुवैलाई नपत्याएका हुन् ।
बजेटपछिको पहिलो कारोबार दिनमै २६ अंकमाथिको पहिरो जानुले यसको राम्रै संकेत गर्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक २६.७२ अंकले घट्दै २ हजार ७५५.३७ अंकमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
२३३ कम्पनीका शेयर मूल्य घटेका छन् भने जम्मा ३५ वटाको मात्र मूल्य केही बढेका छन् । यसदिन ५ अर्ब ५१ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरका १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएका छन् ।




