शिवसताक्षी नगरपालिका वडा नं. ८ ले कृषकलाई लक्षित गर्दै वितरण गरेको मकै रोप्ने मेसिनले स्थानीय कृषिमा सकारात्मक परिवर्तनको संकेत दिएको छ।
चालु आर्थिक वर्षको वडा बजेट सिलिङबाट १ लाख ५० हजार रुपैयाँको लगानीमा खरिद गरिएका मेसिन ६२ जना कृषकलाई वितरण गरिएको हो।
