रोल्पामा खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको मृत्यु भएको छ ।
बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर सोही स्थानका ७ वर्षीय गोपाल खड्का र ६ वर्षीय समिर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
‘विद्यालयबाट घर फर्कने क्रममा दुई जना बालकलाई खहरे खोलाले बगाएको रहेछ’, उनले भने, ‘घटनाबारे खबर प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगे पनि उद्धार हुन सकेन ।’
मृतक बालकहरू वृद्धिविकास माविमा अध्ययन गर्दै आएका थिए ।




