आजको मिति: बिहिबार, जेठ २१, २०८३
०१:११ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
गौरादहमा वडास्तरीय फुटसल प्रतियोगिता हुने|सुकुम्बासी होल्डिङ सेन्टरमा बेहाेस भएका दर्जीकाे मृत्यु|दमकमा २१ वर्षीया युवतीको हत्या प्रकरण: पाँच दिन बित्दा पनि रहस्य खुल्न सकेन|उर्लाबारीमा आइतबार पनि विद्यालय खोल्ने नगरपालिकाको निर्णय|रोल्पामा खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको मृत्यु|कुशल भुर्तेलको लगातार दोस्रो शतक|मृत्युको मुखबाट फर्किए दावा शेर्पा, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो|जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानून संशोधन गर्न सरकार प्रतिबद्ध: मन्त्री वादी|इरान युद्धमा ट्रम्पलाई झट्का, युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित|सुनचाँदीको मूल्यमा सामान्य गिरावट|

पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्

Infinite Scroll Ad

नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेकाे गोष्ठीमा बोल्दै खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका हुन् ।

‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु । तर, पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु,’ उनले भने ।  

उनले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताए । खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए ।

Sidebar Premium Ad

उनले अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको टिप्पणी गरे ।

तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *