आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०९:४१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

मोदीपछि रविलाई अमेरिकी राजदूतको महत्व

Infinite Scroll Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भारतका लागि अमेरिकी राजदूत सेर्गियो गोरले नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् । मध्य तथा दक्षिण एशियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत गोरले लामिछानेलाई एक महिनाअघि काठमाडौंमा पनि भेटेका थिए । 

तर,भारत भ्रमणमा रहेका लामिछानेसँग भारतीय प्रधानमन्त्री,विदेशमन्त्री,गृहमन्त्री, भाजपा अध्यक्षलगायतले भेटेपछि अमेरिकी राजदूतले भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ । भेटबारे जानकारी गराउँदै हिजो साँझ गोरले सामाजिक सञ्जालमार्फत अमेरिकाले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको र नेपालको समृद्धिमा सहयोग गर्ने धारणा लेखेका छन् । 

गोर गत महिना नेपाल भ्रमणमा आउँदा वैशाख १९ गते रविसँग बूढानीलकण्ठस्थित उनकै निवासमा भेटेका थिए । त्यतिबेला भारतीय सचिव विक्रम मिश्री काठमाडौं आउन लागेको खबर थियोे । उनीभन्दा केही दिनअघि गोर आएका थिए । प्रधानमन्त्री मोदीको निम्तो बोकेर आउन लागेका मिश्रीलाई प्रधानमन्त्री बालेन्द्र शाहले नभेट्ने संकेत पाएपछि भ्रमण रोकिएको थियो । त्यसपछि चिसिएको दुई देशबीचको सम्बन्ध तताउन परराष्ट्रमन्त्री शिशिर खनाल आज नयाँ दिल्ली जाँदैछन् ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *