आजको मिति: शुक्रबार, जेठ १, २०८३
०३:१४ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सुकुम्बासी बस्ती हटाउने निर्णयबारे सरकारका प्रवक्तालाई सोध्न मनिष झाको सुझाव

सरकारले सुकुम्बासी बस्ती खाली गराउने तयारी गरे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यसबारे औपचारिक छलफल नभएको जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले सरकारका निर्णयबारे जानकारी नभएको भन्दै सोधपुछ सरकारकै प्रवक्तासँग गर्न आग्रह गरे ।

सरकारले भने बागमती किनारका बस्ती खाली गराउन ६ बुँदे उर्दी जारी गर्दै तोकिएको मितिदेखि हटाउने तयारी गरेको छ, तर मन्त्रिपरिषद्‍बाट यस्तो निर्णय नभएको सरकारी दाबी छ ।

यसबीच रास्वपाका केही सांसदहरूले हठात डोजर चलाउनु उचित नभएको भन्दै पार्टीको वाचापत्रअनुसार वास्तविक र नक्कली सुकुम्बासी छुट्याएर मात्रै कदम चाल्नुपर्ने बताएका छन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *