आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

जातीय छुवाछुत र विभेद्को अन्त्यका लागि व्यवहारिक कार्यान्वयनमा जोड दिइने

विर्तामोड ।

जातीय छुवाछुत र विभेद् भाषण्मामा मात्रै अन्त्य भएको विषयलाई राजनीतिक दल र सामाजिक संघसंस्थाका अगुवाले गम्भीर रूपमा लिएर व्यवहारिक कार्यान्वयन गर्ने भएका छन् ।

राजनीतिक दलका र सामाजिक सरोकारका कार्यक्रममा भाषणमा गरेको कुरा ब्यवहारमा लागू नभएको भन्दै आलोचना भइरहेको बेला उनीहरुले प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने बताएका हुन् ।

मानव अधिकार मञ्च इलामले शनिबार झापाको बिर्तामोडमा सञ्चालन गरेको एक दिने कार्यशालामा सहभागी वक्ताहरुले जातीय छुवाछुत र विभेद् अन्त्यका लागि व्यवहारिक रूपमै कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक दलका प्रतिनिधिहरुले जातीय विभेद अन्त्यका लागि आफ्नो पार्टीमा आवद्ध सबै नेता कार्यकर्तालाई सचेत गराउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, नेपाली काँग्रेसका झापा सचिव कृष्ण हुँमागाई, नेकपाका झापा अध्यक्ष विपी भट्टराई, राप्रपा झापाका अध्यक्ष केशव ओझा, रास्वपा झापाका अनुशासन आयोगका अध्यक्ष अर्जुन उप्रेतीले जातीय विभेद अन्त्यका लागि पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने बताएका हुन् ।

कार्यक्रममा झापा बारका अध्यक्ष बसन्त नेपाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रविण श्रेष्ठलगायतले बोलेका थिए ।

स्थानीयस्तरमा नीति सचेतनामार्फत जातीय भेदभावविरुद्ध सामूहिक कार्यक्रमअन्तर्गत मानव अधिकार मञ्चले सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरिरहेको छ । पहिलो दिन बैशाख ४ गते शुक्रवार झापाका दलित अगुवाहरुसँग छलफल गरेको आयोजक मानव अधिकार मञ्चले शनिबार राजनीतिक दल, मानवअधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी, धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेको हो ।

बैशाख ६ गते आइतबार जनप्रतिनिधिहरुसँग छलफल गरिने मानव अधिकार मञ्चका सुरेश पोर्तेलले जानकारी दिए ।

सरोकारवालासँगको छलफलपछि आएको निष्कर्ष प्रदेश सरकार र संघीय सरकारलाई नीति निर्माणका लागि सहयोग गरिने मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *