आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:२९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

चर्च ब्वाइजविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा, आर्मीसँगको भेट पक्का

भद्रपुर ।
चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० को सहज जित निकाल्दै एपीएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्कप २०८३ को फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पाखा लगाउँदै एपीएफलले विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग फाइनल भेट पक्का गरेको हो ।

बैशाख १४ गते हुने फाइनल खेलमा दुई विभागीय टिम एपीएफ र आर्मीबीचको डर्मी हेर्न लायक हुनेछ ।

खेलको ३४ औँ मिनेटमा कुसुम खतिवडाको क्रस पासमा सरु लिम्बूलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले जाली चुमाउँदै खेलमा एपीएफलाई सुरुवाती अग्रता दिलाउन सफल भइन् ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा रश्मिकुमारी घिसिङको पासमा सरु लिम्बूको टच हुँदै कप्तान अनिता बस्नेतले लेफ्ट फुटेट गोल थप्दै टिमको अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई सदुपयोग गर्दै रश्मिकुमारी घिसिङले व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरिन् ।

जारी प्रतियोगितामा उनको यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।

खेल अवधिभर एपिएफले आक्रमक तथा चर्च ब्वाइजले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *