आजको मिति: शुक्रबार, जेठ १, २०८३
१२:५४ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

गौरादहको स्कुलचौनमा दुर्घटना, चालकसहित १० जना घाइते

झापाको गौरादह नगरपालिका ५ स्थित स्कुलचौन बजारमा यात्रुबाहक बस र टिफर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । आज बिहान करिब ११ बजे दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडक खण्डमा एकआपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशीसहित यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री, उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् ।

घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अन्य घाइतेहरूको नगर अस्पताल गौरादहमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालकसहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *