काठमाडौं ।
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
सोमबार तीन दिने नेपालमा भ्रमणमा रहेका कपुर र परराष्ट्रमन्त्री खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालय जनाएको छ ।
कपुरले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका थिए भने आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्नेका कार्यतालिका रहेको जनाइएको छ ।
चुनावपछि बनेको बालेन सरकारसँग आपसी सम्बन्ध विस्तारका लागि उनी नेपाल भ्रमणमा आएका हुन् ।
काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी रहेको बुझिएको छ । ट्रम्प प्रशासनले उनलाई गत वर्ष अक्टोबरमा दक्षिण एसिया क्षेत्र हेर्नेगरी सहायक मन्त्रीमा नियुक्त गरेका थिए ।
