एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने योजना असफल भएको छ ।
राष्ट्रपति निवास ह्वाइट हाउसमा संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भइरहेका बेला ट्रम्पमाथि गोली चलेको थियो ।
गोली चलाउने सन्दिग्ध एक जना व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ परेका छन् । ती व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको वाशिङ्टन डीसीका प्रहरी प्रमुखले बताएका छन् । ती युवा रात्रिभोज चलिरहेको होटेलमै बसिरहेका थिए ।
रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए । सुरक्षाकर्मीले ट्रम्पलाई हलबाट बाहिर लाँदैगरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एकभन्दा धेरै हतियार बोकेका व्यक्तिलाई अमेरिकी सीक्रेट सर्भिसले नियन्त्रणमा लिएको ट्रम्पले जानकारी दिएका छन् ।
नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।
घटनापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले राजनीति सबैभन्दा जोखिमपूर्ण पेसा भएको बताएका छन् ।
‘यो भन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन’, उनले भने, ‘कुनै पनि देश यसबाट अछुतो छैन ।’
