आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

अधिनायकवादी अभ्यास बढे : एम्नेस्टी

काठमाडौं ।
एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा अधिनायकवादी अभ्यास बढेको निष्कर्ष निकालेको छ ।

एम्नेस्टीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वव्यापी रूपमा अधिनायकवादी अभ्यास तीव्र भएको निष्कर्ष निकालिएको हो । प्रतिवेदनले १४४ देशहरूलाई समेट्दै सन् २०२५ मा विश्वमा देखिएका मानवअधिकारका प्रमुख प्रवृत्ति र विकासहरूको व्याख्या गरेको छ ।

‘अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र, विमतिको दमन, कानुनको दुव्र्यवहारपूर्ण कार्यान्वयन, विभेद, अन्याय, हिंसा र अधिकारमाथि बन्देजहरू भए । शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लंघन भयो’, एम्नेस्टीको ‘विश्वको मानवअधिकार अवस्था सन् २०२५÷२६’ मा उल्लेख छ ।

प्रतिवेदनअनुसार जातीय विभेद, लैंगिकतामा आधारित विभेद र हिंसा अधिकारमाथि बन्देजहरू शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लंघन, जातीय विभेद, लैंगिकतामा आधारित विभेद र हिंसा भएका छन् ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकार अवस्थाको विश्लेषणलगायत प्रतिवेदन सार्वजनिक गर्दै समस्या समाधानका सिफारिसहरु पनि सुनाएका छन् ।

यस अन्तर्गत नरसंहार रोक्नका लागि अर्थपूर्ण कदम चाल्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका सबै अपराधहरुलाई सम्बोधन गर्न तथा रोक्नका लागि संयुक्त राष्ट्रसंघ र अन्य निकायसँग सहकार्य गर्नुपर्ने भनिएको छ ।

नागरिक अवज्ञाका शान्तिपूर्ण कार्य लगायतका विमतिलाई दमन गर्ने र अपराधीकरण गर्ने कार्य बन्द गर्न पनि एमनेष्टीले सुझाव दिएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *