आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

राउटे : घुमन्ते सभ्यताको दुर्लभ उपस्थिति

Infinite Scroll Ad

दमक ।

नेपालको एक मात्र घुमन्ते जीवनशैलीमा बाँचेको सभ्यता हो, राउटे समुदाय । नेपाली जनजीवन र सामाजिकीकरण भन्दा पृथक जीवन शैली बोकेको राउटे समुदाय यतिबेला मोरङको मिक्लाजुङ ३ स्थिति निसेलुङ फन पार्कमा पाहुना र आकर्षण दुवै बनेका छन् ।

आफूलाई ‘वनको राजा’का रूपमा चिनाउने राउटेहरुको एउटा समूह कर्णाली भूगोलबाट सुदुरपूर्वमा आइपुगेको छ । उनीहरुले सँगै आफ्‌नो परम्परागत काष्ठकला पनि लिएर आएका छन् । घुमन्ते र लोपोन्मुख राउटे समुदायको जीवनशैलीलाई नजिकबाट चिनाउन नेसेलुङ फनपार्कमा राउटे सांस्कृतिक मेला आयोजना गरिएको छ ।

२ जेठबाट सुरु भएर ९ जेठमा समापन हुने मेलाको आकर्षका रूपमा राउटे समुदायका युवा युवती र उनीहरुले परम्परागत शैलीमा निर्माण गरेका काठका विभिन्न सामग्रीको प्रदर्शनी हेर्न यतिबेला नेसेलुङ फनपार्क पुग्नेहरुको भीड छ ।

युवा पुस्ताका ११ जना पुरुष र ९ जना महिला यतिबेला मेलाको आकर्षण बनेका छन् । १ हजार किलोमिटर भन्दा लामो यात्रा गरेर मिक्लाजुङ आइपुगेका राउटेलाई हेर्न मात्रै नभइ उनीहरुले उत्पादन गरेका काठमा सामग्री खरिद गरेर सहयोग गरिदिन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राईले मेला उद्घाटनबीच सबैलाई आह्वान गरेका थिए ।

पूर्व प्रदेश सभा सदस्य एवम् स्थानीय राजनीतिक अगुवा कुशल साँवाले वर्तमान नेपाली समाज आधुनिक शैलीमा पुगिसकेको भए पनि मानव समुदायको विगत राउटे समुदायको वर्तमान घुमन्ते अवस्थाकै जस्तो रहेको जिकिर गरे । आज राउटे समुदायलाई धेरै पुरानो सभ्यतामा देखे पनि हामी सबैको पुस्ताले पार गरेको युग हो ।

समग्र मानव समुदायको जीवन्त इतिहास पनि हो,’ उनले भने, ‘पूर्वबाट कर्णालीका वन जंगलमा पुगेरै राउटे समुदायको रहनसहन र जीवन पद्धतिलाई हेर्न जानलाई समय व्यवस्थापन र आर्थिक दुवै हिसाबले खर्चिलो हुनेमा दुईमत छैन । कम्तीमा इच्छुकका लागि राउटे संस्कृतिको पूरै नभए पनि आंशिक झल्को मेटिने गरी हेर्ने, भेट्ने र कुराकानी गर्ने अवसर जुरेको छ ।’

एक हप्तासम्म सञ्चालन गर्ने लक्ष्यसहित सुरु भएको मेलामा राउटे समुदायका बारेमा अध्ययन अवलोकन गर्नेदेखि उनीहरुसँग भेटघाट गर्ने, फोटो भिडियो खिच्नेको भीड लागेको बताउँछन्, नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेन । मेलाले राउटेको मौलिक पहिचानलाई पूर्वका नागरिकमाझ परिचित गराउने र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको मादेनको भनाइ छ ।

मेलामा राउटे समुदायको परम्परागत जीवन पद्धति, रहनसहन र सांस्कृतिक अभ्यासबारे जानकारी दिने कार्यक्रम पनि समावेश गरिएको नेसेलुङ फनपार्कका सञ्चालक अशोक चेम्जोङको भनाइ छ । मेलालाई राउटे समुदायको आगमनसँगै फनपार्कस्थित उल्टोघर, भ्यूटावर र जातीय परिकारका स्टल र सांस्कृतिक प्रस्तुतिले आकर्षण थपेको चेम्जोङको भनाइ छ ।

Above Content Ad
Sidebar Premium Ad

राउटे समुदायसँगै लिम्बू समुदायको मौलिक संस्कृति, स्थानीय जीवनशैली र पहिचानलाई एउटै थलोमा प्रस्तुत गर्दा यसबाट पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौँ’, उनले भने ।

राउटे हेर्न २०० रूपैयाँको टिकट काटेर नेसेलुङ पुगे पनि हेर्न नपाएको भन्दै कतपयले सामाजिक सञ्जालमा गुनासो गरेका छन् । राउटे हेर्न जाँदा प्लाष्टिकले बारिएका टहराभित्र लुकाइएको उनीहरुको गुनासो छ ।

फनपार्कका सञ्चालक चेम्जोङले व्यवस्थापकीय कम्जोरी भएको स्वीकार गर्दै राउटे समुदायका काष्ठकलाका सामग्रीको स्टललाई थप व्यवस्थित बनाउने र स्टलमा नै दर्शकहरुले राउटे समुदायसँग अन्तरक्रिया गर्न सक्ने वातावरण तयार गरिने बताए ।

`बाँदर मिठो, बोइलर नमिठो’

१४ वर्षदेखि २५ वर्ष उमेर समूहका राउटे नेसेलुङ फनपार्कमा शुक्रबार अपरान्ह आइपुगेका थिए । उनीहरुको साथमा ४ जना नेपाल सरकारले तोकेका संस्थागत कर्मचारी पनि मेलामा आएका छन् ।

साप्ताहिक बहससँगको कुराकानीमा १९ जना युवा राउटेको नेतृत्व गरेर आएका टोलीका प्रमुख नवीन कल्याण शाहीले पूर्वमा पहिलो पटक आउन पाएकोमा खुसी व्यक्त गरेका थिए । ‘नयाँ ठाउँमा आउन पाएर खुसी छौँ,’ भावी मुखियाले भने ।

सबैले मुखिया भनेर तपाईलाई किन देखाएको ? भन्ने हाम्रो प्रश्नमा नवीनले भने, मुखियाको छोरा भएर,’ उनले मुखियाको काम जनताको सबै समस्याको समाधान गर्ने भएको बताए ।

संस्थाको सहयोगमा युवा पुस्ताका राउटेलाई साधारण लेखपढ गर्न आउने भन्दै नवीनले भने, ‘हाम्रोमा २० वर्ष भन्दा तलको उमेरमा विवाह गर्नु हुँदैन । विवाहमा तपाईहरु जस्तै खसी काटोर भोज खान्छौँ ।’

नेपाली भाषामा बोल्न जानेकाले आफूहरु बिगतमा भन्दा धेरै अन्तरघुलित भएको बताए । काठको सामान किन्न आउनेलाई बेच्छौँ । गाउँगाउँमा गएर पनि सामान बेच्छौँ । नत्र न पैसा कहाँबाट हुन्छ ? रासिन कसरी किन्ने ?’, उनले भने, खान त बाँदर, खसीबाख्रा, कुखुरा, बोइलर सबैको मासु खान्छौँ । तर सबै भन्दा मीठो मासो बाँदरको लाग्छ । मन नपर्ने मासु बोइलरको,’ मिनि मुखियाले भने ।

Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *