दमक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आउँदो मंसिर २६–२८ मा महाधिवेशन गर्ने तय गरेको छ ।
बिहीबार धुमबाराहीस्थित पार्टी कार्यालयमा बसेको राप्रापा केन्द्रीय कार्य सम्पादन समितिको बैडकले महाधिवेशनको कार्यतालिका पारित गरेको हो । महाधिवेशन काठमाडौंमा हुने बताएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकासमेत परिमार्जन सहित पारित गरेको छ ।
कार्य सम्पादन समितिका निर्णय शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।
भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने गरी कार्य सम्पादन समितिको प्रस्ताव छ ।
राप्रपाका महामन्त्री धवल शमशेर जबरासहितका केही केन्द्रीय नेताले भने दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी दर्ता गर्ने र राजतन्त्र र हिन्दु राज्यका लागि आन्दोलन गर्ने भन्दै राप्रपा त्यागिसेका छन् ।




