आजको मिति: आइतबार, असार ७, २०८३
१०:३० बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नेपाल विरोधी अभिव्यक्ति सच्याउन बाध्य भए प्रधानमन्त्री बालेन|फोनिज झापाले सञ्चारबारे गर्यो अन्तरक्रिया|के-के छन् मन्त्रिपरिषद्का ६ निर्णय ?|सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन|५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार|१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|

फोनिज झापाले सञ्चारबारे गर्यो अन्तरक्रिया

Infinite Scroll Ad

बिर्तामोड ।

‘झापामा सञ्चारः नीति र बजारको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम गत आइतबार झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले आयोजना गरेको सो अन्तरक्रियामा वक्ताहरुले वर्तमान अवस्थामा मिडियामाथि आएका चुनौतीहरुका बारेमा चर्चा गरेका थिए ।

Sidebar Premium Ad

फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिज सङ्घीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई, फोनिज सङ्घीय सदस्य भूमिका फियाक लिम्बू, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस युनियनकी उपाध्यक्ष सविना लिम्बू, नारी सञ्चार गृहकी अध्यक्ष स्वातिका आचार्यलगायतले सञ्चारमाध्यमहरुले भोग्नु परेका विभिन्नि कठिनाईका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष राजवंशीले सो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यक्ष तीलक योन्जनले स्वागत तथा सचिव सन्तोष लिम्बूको सञ्चालन रहेको थियो ।

बिर्तामोड नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको फोनिज झापाले जनाएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *