आजको मिति: बुधबार, जेठ २७, २०८३
०९:५५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

विपक्षीले भने– प्रधानमन्त्री नबोल्ने हो भने लिखित स्टेटमेन्ट चाहियो

Infinite Scroll Ad

विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन् । बुधबार रास्वपा सभापति रवि लामिछानेसँगको बैठकमा विपाक्षी दलहरूले सो माग राखेका हुन् । 

बैठकमा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव राखेका छन् । बुधबार विपक्षी दलहरूसँगको बैठकमा उनले सो प्रस्ताव गरेका हुन् । 

लामिछानेको प्रस्तावमा विपक्षी दलहरू भने सहमत छैनन् । ‘परराष्ट्रमन्त्रीले नै सरकारको तर्फबाट जवाफ दिनुहुन्छ, उहाँलाई बोल्न दिऔँ भन्ने रवि लामिछानेज्यूको प्रस्ताव छ । प्रधानमन्त्रीले अर्को कुनै सन्दर्भमा आउँदा थप स्पष्ट गर्नुहुन्छ भन्ने थप भनाइ राख्नुभयो,’ बैठकमा सहभागी एक नेतालेभने ।

Sidebar Premium Ad

छलफलमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुश्वु ओली सहभागी छन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *