उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले एक महिनाको अवधिमा सञ्चालन गरेको विशेष अभियानमा विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ ।
प्रहरी निरीक्षक नवीन ओलीले दिएको जानकारी अनुसार उक्त अवधिमा ब्राउन सुगर १२ ग्राम ९१० मिलिग्राम, ट्याब्लेट/गोटी २५ हजार ४९० गोटी, गाँजा २ केजी २३० ग्राम तथा चरेश १ ग्राम ३० मिलिग्राम बरामद गरिएको हो।
लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ, जसमा १ जना महिला र ६ जना पुरुष रहेका छन्।
त्यसैगरी, पक्राउ परेकामध्ये ३ जनालाई लागूऔषध सुधार केन्द्रमा पठाइएको छ भने ९ जना प्रयोगकर्तालाई साधारण तारिखमा छाडिएको प्रहरी निरीक्षक ओलीले बताएकी छन्।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
