आजको मिति: बुधबार, जेठ २७, २०८३
०९:४४ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

सडकमै धान रोपेर दमकवासीको विरोध

Infinite Scroll Ad

झापा । दमक–९ र १० को सिमानामा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकका कारण आवतजावतमा समस्या भएपछि स्थानीयले सांकेतिक रूपमा धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीयका अनुसार सडक निर्माणका लागि पटकपटक आग्रह गरिए पनि कुनै निकायले चासो नदिएपछि बाध्य भएर विरोध गर्नुपरेको हो । किसानहरूले वर्षामा हिलो र हिउँदमा धुलोले जनजीवन प्रभावित भएको, बिरामी, विद्यार्थी तथा सर्वसाधारणलाई सास्ती खेप्नुपरेको बताएका छन् ।

उनीहरूले चुनावका बेला मात्र आश्वासन दिने तर निर्वाचित भएपछि जनप्रतिनिधिहरूले समस्या बिर्सिने गरेको गुनासो गर्दै अब आश्वासन होइन, काम चाहिएको बताएका छन् । ‘जुनै जोगी आए पनि कानै चिरेको’ भन्दै स्थानीयले सडकको अवस्था सुधार नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *