आजको मिति: शुक्रबार, जेठ १, २०८३
०२:२३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

रास्वपाले एउटा बाहेक ११ वटा समितिको सभापति आफैसँग राख्यो


काठमाडौं ।

सङ्घीय संसद्का विभिन्न विषयगत समितिहरुमा सभापति चयन गरिएको छ । शुक्रबार १० वटा विषयगत समितिका र २ वटा संयुक्त समितिका सभापति छानिएका हुन् । ती मध्ये प्रतिनिधिसभाका ९ समितिमा सत्तारुढा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मार्यो भने एउटा समितिमा प्रतिपक्षीलाई स्थान दियो ।

प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए ।

रास्वपाबाट प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजस्वी शेरचन निर्विरोध निर्वाचित भए ।

त्यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाई समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्की पनि रास्वपाबाट निर्वाचित हुन् ।

सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काँ्रेसबाट अवसर पाउने एक्लो भाग्यमानी सावित भए । उनी निर्विरोध भएका हुुन् ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि शेरचनले एमालेका गुरु बरालको सामना गरिन् । त्यस्तै
संयुक्ततर्फको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिका लागि कार्कीले नेपाली कम्युनिष्ट पार्टीकी मदन कुमारी शाह (गरिमा) को सामना गरे ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *