आजको मिति: शुक्रबार, असार ५, २०८३
०१:४८ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
के-के छन् मन्त्रिपरिषद्का ६ निर्णय ?|सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन|५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार|१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|

५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार

Infinite Scroll Ad

दमक ।

लगातार ५ दिनदेखि ओरालो यात्रामा रहेको शेयर बजार शुक्रबार भने झिनो अंकले बढेको छ । शुक्रबार सेयर बजार १.६३ अंक बढेको नेपाल स्टक एक्सचेन्स (नेप्से)ले जनाएको हो ।

शुक्रबारको कारोबारपछि नेप्से २७०२ अंकमा कायम भएको छ । शुक्रबार न्यूनतम २६९२ र अधिकतम २७११ अंकको बीचमा रहेको हो ।
बिहीबार ३ अर्ब ४१ करोडको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ५३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

Sidebar Premium Ad

शुक्रबारको कारोबारमा बैंकिङ जम्मा ०.०८ अंक रातो रह्यो । त्यस्तै विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३, अन्य ०.२९ प्रतिशत घटे ।

फाइनान्स ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.७५ प्रतिशत बढे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता १०६० रुपैयाँ तथा एपोलोको ९१६ रुपैयाँ पुगेको छ ।

Sidebar Premium Ad

बिहीबार धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर र बुंगल हाइड्रोपावर छन् ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *