आजको मिति: शुक्रबार, असार ५, २०८३
०३:३५ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
के-के छन् मन्त्रिपरिषद्का ६ निर्णय ?|सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन|५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार|१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|

सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन

Infinite Scroll Ad

दमक ।

ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बू जातिको मुन्धुमी क्षेत्र र पवित्र धार्मिक तीर्थस्थल सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) मा व्यापारी चन्द्र ढकालको कम्पनी ग्लोबल आइएमई ग्रुपले बनाउन सुरु गरेको केबलकार बारे अध्ययन गर्न कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केबलकार निर्माण रोक्नुपर्ने पक्षको माग बमोजिम त्यहाँ उत्पन्न विवादको बारेमा अध्ययन गर्न र उत्पन्न विवाद र समस्या समधानका लागि कार्यदल गठन भएको हो ।

Sidebar Premium Ad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको हो ।

समितिका सदस्यमा पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबलकार निर्माणको बिरोधमा रहेका पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिको प्रतिनिधि सदस्य छन् ।

त्यस्तै, केबलकार निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्रीको सचिवालयका स्वकीय सहसचिव कार्यदलमा सदस्य रहने बताइएको छ ।

Sidebar Premium Ad

कार्यदललाई सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माणका कारण उत्पन्न विवाद र समस्याको पहिचानगरी सोको समधानका लागि १५ दिनभित्र सुझाब पेस गर्न समय तोकिएको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *