आजको मिति: बुधबार, जेठ १३, २०८३
११:३२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

व्यवसायिकतातर्फ पथरीशनिश्चरेका माछापालक कृषक

Infinite Scroll Ad

फिपराज बेघा

पथरी । लक्ष्मी कृषि फार्मका सञ्चालक हुन्, लक्ष्मी धिमाल । उनको दुईवटा पोखरी छ । वार्षिक ६ सय केजीसम्म माछा उत्पादन गरेका धिमाललाई पथरीशनिश्चरे नगरपालिका–७ नम्बर वडा कार्यालयले उत्कृष्ट माछापालन कृषक भनेर पुरस्कृत ग¥यो । धान खेत मासेर माछापालन गरेका धिमालले डेढ लाखको खर्चमा करिब ७ कठ्ठाको दुईवटा पोखरी निर्माण गरेका हुन् ।

माछापालन गर्दा धानबालीभन्दा राम्रो आम्दानी हुने उनको अनुभव छ । ‘माछाले दिने आम्दानी छँदैछ । माछापालनका कारण धानको उत्पादनसमेत बढेर फाइदा गरेको छ,’ उनी भन्छन् । यस वडामा न्यून क्षेत्रफलमा माछापालन गरिन्छ ।यता पाण्डे कृषि फार्म (पथरी शनिश्चरे–५)का सञ्चालक दीपक पाण्डेको अनुभव अलिक फरक छ । ‘वार्षिक ७०–८० केजी मात्रै माछा निस्कन्छ,’ उनले भने, ‘माछाबाट खासै आम्दानी लिन सकेको छैन ।’ ८ कठ्ठाको दुईवटा पोखरी खन्नलाई पाण्डेलाई ५० हजार रुपैयाँ पथरीशनिश्चरे नगरपालिकाले अनुदान दिएको थियो । ५ वर्ष अघि पोखरी खन्दा उनको साढे तीन लाख बढी खर्च भएको थियो ।

Sidebar Premium Ad

पथरीशनिश्चरे–५ मा सबैभन्दा धेरै क्षेत्रफलमा माछापालन गरिन्छ । वडा नम्बर ५ मा २४ जना कृषकले २५ बिघाभन्दा बढी क्षेत्रफलमा माछापालन गर्दै आएका छन् । मौलीबारीमा व्यवसायिक माछापालन गर्ने कृषकहरूको लर्को छ । नेत्र बस्नेत, टेकबहादुर भट्टराई, पहलमान भट्टराई, जगतबहादुर भट्टराई, धनबहादुर भट्टराई, रामचन्द्र निरौला, देवीबहादुर घिमिरे, खगेन्द्र खड्का, चेतन दाहाललगायत माछापालन व्यवसायमा तल्लीन छन् । पालिकाको सबैभन्दा बढी क्षेत्रफलमा माछापालन फर्म पनि मौलीबारीमा छ ।

न्यू सगरमाथा नेचुरल फर्म प्रालिले १६ विघामा माछापालन गरिरहेको छ । ०७१ देखि सुरु भएको फार्मले ६ जनालाई रोजगारीसमेत दिएको छ । वार्षिक ७० लाखदेखि ७५ लाखको माछा बिक्री गर्ने र सो को ३० देखि ४० प्रतिशतसम्म फाइदा हुने फार्म सञ्चालक चेतन दाहालले बताए । माछा पालनमा रहेका समस्या औँल्याउँदै उनले भने, ‘उन्नत जातको भुराको अभाव, माछाले खाने दानाको अभाव र भारतीय माछासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छन् ।’ सरकारले माछापालनलाई प्रोत्साहन गरेमा माछापालन व्यवसाय अझ राम्रो हुने दाहालको ठम्याइ छ ।

पथरीशनिश्चरे– ९ का कृषक ७९ वर्षीय पदमबहादुर मगरको लोभलाग्दो पोखरी छ । नमुना पोखरामा भूपू ब्रिटिस आर्मी मगरले ७ लाख खर्चेर २ कठ्ठामा ८ फिटको पोखरी निर्माण गरे । ०७७ मा पुनर्निर्माण गरेको पोखरीबाट वार्षिक १ लाख आम्दानी गरेको उनले सुनाउँछन् । ३ विघा ६ कठ्ठा क्षेत्रफलमा माछापोखरी रहे पनि सबैले माछापालन नगरेको वडाध्यक्ष वीरबहादुर राईले बताउँछन् ।

Sidebar Premium Ad

पथरी शनिश्चरे–६ मा ५ विघा ५ कठ्ठामा माछापालन गरिँदै आएको पाइएको छ । मुख्य पेशा माछापालन गर्नेमा पथरी शनिश्चरे–६, हसन्दह बजारका नन्दन थापाको नाम अगाडि आउँछ । ०७० मा डेढ लाखबाट दुईवटा पोखरीबाट माछापालनमा लागेका थापाले ०७२ मा माछापालन क्षेत्र विस्तार कार्यक्रमबाट २ विघामा पोखरी खने । जिल्ला कृषि कार्यालय मोरङबाट अनुदान पाए । काँटा र जाल पनि ५० प्रतिशत अनुदानमा ल्याउन सफल भए । अहिले थापाको ३ बिघामा १२ वटा पोखरी छन् । वर्षमा ३५ देखि ४० लाख रुपैयाँ माछापालनमा खर्च गरेका उनी भन्छन्, ‘लागतका आधारमा हिसाब गर्दा ३० प्रतिशत भन्दा बढी नै आम्दानी लिन सफल भएको छु ।’

६ जनालाई रोजगारी दिएका थापाको टिलपियाको ह्याचरीसमेत छ । यो ह्याचरी नेपालको दोस्रो ह्याचरी हो । सूर्य एग्रिकल्चरका सञ्चालक उनी माछापालन कृषकका अगुवा हुन् । ‘पथरी शनिश्चरे माछापालनको लागि उपयुक्त ठाउँ हो । जमिनको हिसाबले वडा नम्बर ५ र ६ बढी उपयुक्त स्थान हो,’ थापा भन्छन्, ‘पथरी शनिश्चरेमा माछापालनको राम्रो सम्भावना छ ।’

माछापालन व्यवसाय तुरून्तै लाभ लिन सकिने बाली नभएको र हतारमा गर्न नहुने उनको सुझाव छ । अगुवा माछापालन कृषक थापा प्राविधिक ज्ञान लिएर माछापालन गर्न आग्रह गर्छन् ।

Above Content Ad
Header Top Ad

वडा नम्बर ३ मा मात्र १ विघामा माछा पोखरी रहेको छ । वडा नम्बर ४ मा ३ विघा १० कठ्ठामा माछापालन भइरहेको छ । नगरको ८ नम्बर वडामा भने १ विघामा मात्रै कृषकहरूले माछापोखरी खनेका छन् । वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्कीले वडाका सबै पोखरीमा माछापालन नभएको र केही कृषकले मात्रा माछापालन गर्दै आएको जानकारी दिए ।

नगरमा रहेको सामुदायिक वनहरू माछापालनतर्फ आकर्षित रहेको देखिन्छ । शान्ति सामुदायिक वन उपभोक्ता समूह (पथरी शनिश्चरे–१) ले ३–४ कठ्ठाको पोखरीबाट ठेक्कामार्फत वार्षिक ३० हजार आम्दानी गरिरहेको छ । ठूलो पोखरीमा भुरा लगाउन अघि पञ्च वर्षीय ठेक्कामार्फत १ लाख १३ हजार वार्षिक आम्दानी गरेको वन अध्यक्ष कुलमणि गुरुङ बताउँछन् ।

पथरीशनिश्चरे–१ मा अवस्थित मनोकामना वन पनि माछापालनतर्फ उन्मुख छ । मनकामनाको १६ कठ्ठा, ५ कठ्ठा र १ कठ्ठाको तीनवटा पोखरी छन् । गत चैत महिनामा १ हजार भुरा लगाएको र नगरपालिकाको वितरण गर्ने भुरा अनुदानमा पनि निवेदन दिएको वन सचिव मञ्जु जबेगूले बताइन् । माछापालन सम्बन्धी व्यवसायिक तालिम वनलाई आवश्यकता रहेको बताउँदै सचिव जबेगूले व्यवसायिक माछापालन गर्ने समूहको योजना रहेको सुनाइन् ।

पथरीशनिश्चरे २ मा ६ विघा क्षेत्रफलमा माछापालन हुँदै आएको छ । वडा नम्बर २ मा रहेका दुई सामुदायिक वन सुन्दर र हरियालीले माछापालन गर्दै आएका छन् । सुन्दर सामुदायिक वनमा डेढ विघामा चारवटा पोखरी रहेका छन् । वनले वार्षिक डेढ–दुई लाखसम्म आम्दानी ग¥यो । २० हजार भुरा लगाएकोमा २–३ क्विन्टल माछा उत्पादन हुने अनुमान गर्छन्, वन अध्यक्ष भवानी तिम्सिना । हरियाली वनको ५ वटा पोखरी ४ बिघामा फैलिएको छ । नवनिर्मित पोखरीमा ८–९ महिनाअघि वनले माछाको भुरा लगाएको छ ।

८ विघा १० कठ्ठा पोखरी रहेको वडा नम्बर १० मा ३ वटा सामुदायिक वनले माछापालन गरेका छन् । भुल्के पशुपति सामुदायिक वनले १ लाख ७० हजार लगानी गरेर माछापालन ग¥यो । तर, गत साल १२ कठ्ठाको पोखरीमा अविरल वर्षाको कारण जाली फुटेर माछा भागेपछि माछापालनबाट आम्दानी गर्न नसकेको वन अध्यक्ष कविराज लिम्बू बताउँछन् । अब पोखरीलाई व्यवस्थित गरेर पुनः माछापालन गर्ने योजना रहेको उनको भनाइ छ ।
माछापालन गरेर मुनाफा आर्जन गर्ने उद्देश्यले वनले डेढ विघामा पोखरी खनिएको पुशपति सामुदायिक वनका अध्यक्ष पुष्कर शाहीको भनाइ छ । वनले पोखरीमा घेराबारा गरेर माछापालन गर्ने तयारी अन्तिम चरणमा पुगेको शाही बताउँछन् ।

पथरीशनिश्चरेको एक मात्र धार्मिक वन हो, सिरिजङ्गा स्मृति धार्मिक वन । जसको ५ विघा क्षेत्रफलको एक पोखरी छ । वन अध्यक्ष डम्बर फागो चोङ्बाङ्का अनुसार वनले माछापालनबाट वार्षिक १ लाख आम्दानी गर्दै आएको छ ।

पथरीशनिश्चरे नगरपालिका मोरङ जिल्लाको उत्तरपूर्वमा अवस्थित पालिका हो । १० वटा वडा रहेको यस नगरमा १७ हजार ९ सय ८० घरधुरीसहित ७२ हजार ४४५ जनसंंख्या रहेको ०७८ को राष्ट्रिय जनगणनामा उल्लेख छ । ७९.८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको पथरीशनिश्चरे नगरको ९ हजार ५९८ हेक्टर जमिन कृषियोग्य रहेको नगरस्थित पशुपन्छी तथा मत्स्य विकास शाखाले जनाएको छ ।

नगरपालिकाका पशु प्राविधिक जनक चौधरीले करिब २५०–३०० हेक्टरमा माछापालन भइरहेको अनुमान गर्छन् । मत्स्यपालनकै लागि भनेर नगरपालिकामा कुनै फर्म दर्ता नभएको जानकारी दिँदै चौधरीले कृषि फर्मअन्तर्गत माछापालन भइरहेको बताए । नगरपालिकाले पनि माछापालनको लागि नियमित बजेट छुट्याउने नगरेको उनको भनाइ छ ।

तर, चालु आर्थिक वर्षमा माछाको भुरा वितरण लागि २ लाख छुट्याएको छ । पशु प्राविधिक चौधरी भन्छन्, ‘तीन वर्षयता माछापालनको लागि केही कार्यक्रम राखिएको छैन । यस वर्ष भुरा वितरणको लागि २ लाख बजेट छुट्याइएको छ ।’ नगरपालिकाले ३ पटक माछा पसलको अनुगमन गरी प्रतिबन्धित मुङ्ग्री माछा बरामत गरी नष्ट गरेको थियो ।

पथरी, कीर्तिपुर, हसन्दह, शनिश्चरे बजारमा माछा बिक्री भइरहेको छ । ती बजारमा दैनिक ५० केजीभन्दा बढी माछा बिक्री भइरहेको छ । ‘माछापालन कृषकले निर्वाहमुखी परम्परागत तवरले गरेको पाइन्छ । माछापालनको राम्रो सम्भावना पनि छ,’ पशु प्राविधिक चौधरीले भने, ‘माछापालन कृषकले अब व्यवसायिक तरिकाले माछापालन गर्नुपर्छ । हामी प्राविधिक सहयोग गर्छौँ ।’

पालिकामा रहेका माछा पोखरीको क्षेत्रफलको विवरण क्र.संं. वडा नम्बर पोखरीको क्षेत्रफल

क्र.सं.वडा नम्बरमाछा पोखरीको क्षेत्रफल
१–१६–०
६–०–०
१–०–०
३–१०–०
२५–०–०
५–०–५
०–१०–०
१–०–०
३–०–६
१०१०८–१०–०

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *