श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसदमा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति खोजेका छन् । बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै श्रम संस्कृतिका सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद आर्यालले राईलाई समय दिएका थिए । समय लिएपछि उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए । ‘सीमा नाकाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ? सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ,’ साम्पाङले भने ।
जनताप्रति उत्तरदायी हुनुपर्ने सदनमा सरकारका प्रतिनिधि आउनुपर्ने उनले बताए । ‘५/६ वटा प्रश्न हामी सोध्न चाहान्छौँ प्रश्नबाट भाग्ने उहाँहरूको चलनप्रति हाम्रो घोर आपत्ति छ,’ साम्पाङले भने ।


