आजको मिति: सोमबार, जेठ ११, २०८३
०८:२५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
Below Ticker Ad

सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक

Infinite Scroll Ad
Below Ticker Ad

काठमाडौँ । सञ्चारकर्मी सहदेव चौधरीले लेखेको गीत ‘चोखो माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि अडियो मात्रै सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। 

भिडियोमा गायिका सङ्गीता राणा प्रधानको फिचर देख्न सकिन्छ र यो गीतमा स्वर पनि उनकै रहेको छ। यस गीतको सङ्गीत संयोजन तथा एरेन्जर जुगल डङ्गोलले गरेका हुन्।

गीतको सङ्गीततर्फ गीटारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन्। 

Below Ticker Ad

प्रेमको आग्रह गरिएको यस गीतको छायाङ्कन नारायण गुरूङ र कृष्ण राणाले गरेका हुन् भने भिडियोको सम्पादन तथा कलर गर्ने काम माधव बेल्वासेले गरेका हुन्। 

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको यो म्युजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् र यसको सुटिङ ‘द साउण्ड गार्डेन’मा गरिएको हो।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *