आजको मिति: सोमबार, जेठ ११, २०८३
०९:३२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
Below Ticker Ad

‘लुसिफर राइजिङ’ नाटक रोकिएपछि रास्वपाका सांसद कार्की

भन्छन्– निर्देशकलाई धम्की दिएकोबारे बुझ्दैछौँ

Infinite Scroll Ad
Below Ticker Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले लुसिफर राइजिङ नाकटका निर्देशकलाई दिइएको भनिएको धम्कीबारे आफूहरूले बुझिरहेको बताएका छन् । सरकारको नाटक रोक्ने सोचाइ नै नभएको भन्दै उनले निर्देशकसँग बुझ्ने प्रयास गरेको बताएका हुन् ।

‘लुसिफर राइजिङ नाटक राजनीतिक कारण र सुरक्षा भन्दै बन्द गराएको बारेमा मेरो चासो छ । सरकार र पार्टीसँग बुझ्दा त्यो नाटक चल्न नपाउने भन्ने सोचाइ नै नभएको पाएको छु । कसले धम्की दिएको भन्ने बारेमा बुझ्न खोज्दा सो नाटकका निर्देशकसँग सम्पर्क हुन सकेको छैन । थप बुझ्ने क्रममा छु,’ कार्कीले लेखेका छन्, ‘निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारितालगायत विषय लोकतन्त्रका अभिन्न अंग हुन् । यसमा सीमा लगाउने कुरा यो सरकारले सोचेको छैन भन्ने प्रमाण भर्खरै भएको सेन्सर बोर्डमा भएको परिवर्तनबाट पनि बुझ्न सकिन्छ । हाल भएको निर्णयअनुसार फिल्ममा अब यो सिन काट् र त्यो फेर् भनिँदैन, कुन दर्शकले हेर्न मिल्ने कि नमिल्ने चै छुट्याइन्छ । यसैले सो नाटकका निर्देशकलाई सम्पर्कमा आउन तथा धम्की दिने जो कोही भए पनि जानकारी दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छु ।’

Below Ticker Ad
Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *