आजको मिति: सोमबार, जेठ ११, २०८३
०७:२४ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

अमेरिका- इरान सम्झौता नजिक, औपचारिक सहमति हुन भने बाँकी

Infinite Scroll Ad
Below Ticker Ad

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ सम्झौता नजिक पुगेको सङ्केत दिएका छन्। यद्यपि दुवै पक्षबिच्छ औपचारिक सहमति भने अझै भइनसकेको बताइएको छ। सीएनएनका अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौताका केही महत्त्वपूर्ण विषयमा अझै छलफल जारी रहेकाले तत्काल औपचारिक हस्ताक्षर हुने सम्भावना नरहेको बताएका छन्।

रिपोर्टअनुसार इरानले होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा आफ्नो उच्च स्तरमा समृद्ध गरिएको युरेनियमको मौज्दात हटाउने विषयमा सिद्धान्ततः सहमति जनाएको छ। तर उक्त युरेनियम कसरी व्यवस्थापन गर्ने र भविष्यमा युरेनियम संवर्द्धनमाथि कति समय रोक लगाउने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ।

अमेरिकी अधिकारीका अनुसार इरानले होर्मुज जलमार्ग खुला गर्ने र आफ्नो आणविक कार्यक्रम सीमित गर्ने प्रतिबद्धता पूरा गरेपछि मात्रै अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने तथा रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा विचार गरिनेछ। सम्भावित आर्थिक राहतको आकार पनि हालसम्म निश्चित भइसकेको छैन।

Below Ticker Ad

यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकाले कुनै पनि सम्झौतामा हतार नगर्ने बताएका छन्। उनले इरानमाथिको अमेरिकी नाकाबन्दी औपचारिक सम्झौता सम्पन्न, प्रमाणीकरण र हस्ताक्षर नभएसम्म कायम रहने स्पष्ट पारे। ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा भएको इरान आणविक सम्झौताको आलोचना गर्दै त्यसलाई अमेरिकाले गरेको सबैभन्दा खराब सम्झौतामध्ये एक भनेका छन्, जसले इरानलाई आणविक हतियार विकासतर्फ जाने बाटो खोलेको उनको आरोप छ।

ट्रम्पले हाल आफ्नो प्रशासनले गरिरहेको वार्ता भने पूर्ण रूपमा विपरीत रहेको दाबी गर्दै यो व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको बताएका छन्। समय आफ्नो पक्षमा भएकाले हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको पनि उनले उल्लेख गरेका छन्।

अमेरिका–इरान सम्बन्ध अहिले अझ व्यावसायिक र उत्पादनमुखी बन्दै गएको दाबी गर्दै उनले इरानलाई कुनै पनि हालतमा आणविक बम बनाउन नदिने दोहोर्‍याए। यसअघि शनिबार ट्रम्पले अमेरिका र इरानबीचको सम्झौताको प्रारूप धेरै हदसम्म तय भइसकेको र खाडी क्षेत्रमा शान्ति र स्थायित्वका लागि विभिन्न देशका नेताहरूसँग पनि छलफल भइरहेको जानकारी दिएका थिए। यद्यपि, अमेरिकी अधिकारीहरूका अनुसार हाल तयार पारिएको प्रारम्भिक ढाँचा अन्ततः पूर्ण र बाध्यकारी सम्झौतामा परिणत हुन्छ वा हुँदैन भन्ने अझै अनिश्चित रहेको सीएनएनले जनाएको छ।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *