आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

नर्वेमा मोदीलाई सोधिएको एक प्रश्नले भारतमा हंगामा, को हुन् पत्रकार हेली लिङ ?

Infinite Scroll Ad

भारतका प्रधानमन्त्रीको नर्वेमा ४३ वर्षपछि औपचारिक भ्रमण भएको थियो । नर्वेका प्रधानमन्त्री जोनास गर स्टोसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त वक्तव्य जारी गरे । तर, मोदीले आफ्नो परम्परालाई निरन्तरता दिँदै पत्रकारको प्रश्नको सामना गरेनन् । फुत्त हिँडे । तर, नर्वेकी एक पत्रकारले कडा स्वरमा सोधिहालिन्, ‘प्रधानमन्त्री मोदी, तपाईं किन विश्वको सबैभन्दा स्वतन्त्र प्रेसको प्रश्न लिनुहुन्न ?’

हेली लिङ नामकी ती पत्रकारले मोदीलाई मात्रै होइन, भारतको विदेश मन्त्रालयका अधिकारीलाई पनि कडा प्रश्न सोधिन् । भनिन्, ‘हामी तपाईंलाई कसरी विश्वास गर्न सक्छौँ, किनभने तपाईंको देशमा मानवअधिकारको हनन भइरहेको छ ?’ उनले यो पनि सोधिन्, ‘के भारतका प्रधानमन्त्रीले भविष्यमा भारतीय पत्रकारका आलोचनात्मक प्रश्नको सामना गर्लान् ?’ 

यी र यस्ता प्रश्न सोधेकै आधारमा हेलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले हैरान गरे । फेसबुक उडाइदिए । इन्स्टाग्राम उडाइदिए । हेली अहिले एक्समा सक्रिय छिन् । 

फेसबुक र इन्स्टाग्राम उडाइदिए पनि हेली अहिले एक्समा धेरै लोकप्रिय भएकी छन् । उनका प्रश्न सोध्नुभन्दा अगाडिका ८ हजार फलोअर्स बढेर यो सामग्री तयार गर्दासम्म आधा लाख कटेका छन् । मोदी, मोदीपक्षधर सोसल मिडियाले विरोध गरे पनि भारतका विपक्षीले भने हेलीको समर्थन गरेका छन् । उनलाई तृणमूल कंग्रेसकी सांसद मौवा मैत्राले बारम्बार ट्विट गरेर समर्थन गरेकी छन् ।

सांसद मैत्राले लेखेकी छन्, ‘हेलो हेली, तिमीलाई सरकार समर्थित ट्रोलले कसरी खराब तरिकाले आक्रमण गरिरहेका छन् र कसरी तपाईंको निजी जानकारी सार्वजनिक गरिरहेका छन्, राम्रोसँग हेर्नुस् । मोदीले बनाएको भारत यस्तै हो । यो घटनाले विश्वको ध्यान तान्न सफल भएकोमा धन्यवाद छ ।’

उनले त्यसअगाडिको ट्विटमा भनेकी थिइन्, ‘प्रिय हेली, भारतका विपक्षी तथा लाखौँ भारतीयको तर्फबाट मिडियाले गर्नुपर्ने शक्तिलाई प्रश्न सोध्ने र जवाफ खोज्ने काम गरेकोमा धन्यवाद छ ।’  उनले थपेकी छन्, ‘जवाफ छैन त सत्य छैन ।’

हेली नर्वेको अखबार दाग्साभिसेनमा काम गर्ने युवा पत्रकार हुन् । त्यसभन्दा अगाडि उनी अमेरिकाबाट नर्वेमा संवाददाताको काम गर्थिन् ।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *