आजको मिति: सोमबार, जेठ ११, २०८३
०७:२६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट ११ लाख ५१ हजार राजस्व संकलन

Infinite Scroll Ad
Below Ticker Ad

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा २ हजार ४५३ जना सवारीचालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातोबत्तीमा १८४, तीव्र गतिमा १८६, लेनक्रसमा १४, सडक फुटपाथमा १००, हर्न निषेधमा ११९, एकतर्फीमा १३९, अन्यमा १ हजार ३६८ गरी कुल २ हजार ४५३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Below Ticker Ad
Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *