आजको मिति: सोमबार, असार ८, २०८३
०९:४६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
लागु औषधविरुद्धको अभियानमा प्रहरीलाई सघाउँदै कदम थिएटर|नेपाल विरोधी अभिव्यक्ति सच्याउन बाध्य भए प्रधानमन्त्री बालेन|फोनिज झापाले सञ्चारबारे गर्यो अन्तरक्रिया|के-के छन् मन्त्रिपरिषद्का ६ निर्णय ?|सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन|५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार|१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|

लागु औषधविरुद्धको अभियानमा प्रहरीलाई सघाउँदै कदम थिएटर

Infinite Scroll Ad

बिर्तामोड ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले विर्तामोडमा आयोजना गरेको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का बीच कदम थिएटरले तयार गरेको नाटक ‘ताजा खबर’ मञ्चन गरियो ।

‘लागू औषध त्यागौँ, स्वस्थ र सुरक्षित समाज निर्माण गरौं’ मूल नारा दिएर जिल्ला प्रहरी कार्यालय झापाको आयोजना, जिल्ला प्रशासन कार्यालय झापाको संयोजन र बिर्तामोड नगरपालिकाको सहकार्यमा ‘लागु औषधविरुद्ध झापा अभियान’ को शुभारम्भका बीच कदम थिएटरले आफ्नो नाट्य प्रस्तुति गरेको हो ।

Sidebar Premium Ad

सुरेश नकर्मीको लेखन रहेको नाटक ‘ताजा खबर’ लाई कदमका कालाकार दिपक खरेलले निर्देशन गरेका हुन् । नाटकमा कदमका कालाकारहरु क्रमशः आयुस खतिवडा, मनिक शंकर, बियल राई, नवीन भण्डारी, मनिषा दंगाल, रोशन मुर्मु, सुवासचन्द्र खरेल, मौसम लिम्बू र दिपक खरेलले अभियन गरेका छन् ।

झापाको मौलिक सांस्कृतिक पहिचान र रैथाने कलालाई उजागर गर्ने उद्देश्यले यसपटक कदम थिएटरले गन्धर्व समुदायसँग विशेष सहकार्य गरेको थियो । वाद्यवादनतर्फ सुजन गन्धर्व (मादल), श्याम गन्धर्व (सारङ्गी) र अशोक गन्धर्वको प्रस्तुतिले संगीत संयोजनमा थप रौनक थपेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही अवसरमा अभियानको शुभारम्भ भएको घोषणा गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा झापा एक्सन अगेन्स्ट नार्कोटिक्स (जान–२०८३) अभियानका लागि तयार गरिएको आधिकारिक पोस्टर र फुटबल जर्सीको समेत अनावरण गरिएको थियो ।

Sidebar Premium Ad

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का क्षेत्री, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, स्थानीय तहका प्रमुख र प्रतिनिधि, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

समाजलाई सचेत, जागरूक र उत्तरदायी बनाउने दायित्ववोधका साथ कदम थिएटरले मोफसलबाट निरन्तर आफ्नो सिर्जनात्मक कदम अगाडि बढाउँदै आएको उपाध्यक्ष चोमु पासाङ शेर्पाले बताइन् ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *