आजको मिति: बुधबार, असार १०, २०८३
०७:०८ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

रास्वपाका सदस्य ५ लाख नाघ्यो

Infinite Scroll Ad

दमक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा पार्टी सदस्य संख्या ५ लाख २३ हजार ४६५ रहेको तथ्यांक सार्वजनिक गरेका हुन् ।

Sidebar Premium Ad

महामन्त्री बुर्लाकोटीको प्रतिवेदन अनुसार त्यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ छ ।

जसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा पार्टी सदस्य रहेका छन् । मधेस प्रदेशमा कुल सदस्यको २३.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशी प्रदेशमा १४ प्रतिशत र लुम्बिनीमा १४.५ प्रतिशत पार्टी सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, गण्डकी प्रदेशमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ र कर्णाली प्रदेशमा सबै भन्दा थोरै ५.२ प्रतिशत पार्टी सदस्य छन् ।

Sidebar Premium Ad

यतिबेला चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा करिब २ दिन विभिन्न विषयमा विवाद हुँदा बन्दसत्र नै अलपत्रमा परेको थियो ।
महाधिवेशन प्रतिनिधि संख्या विवाद र प्रतिनिधि कार्डको व्यवस्था गरेपछि बल्ल बन्दशत्र सुरु भएको हो ।

यद्यपि, सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदहरुमा आकांक्षीहरुको भीड देखिएको छ । जसले गर्दा चुनावी महोल बन्ने धेरेको अनुमान छ ।

सभापति रवि लामिछानेले भने गुटबन्दी गर्न नदिइने बताए पनि महाधिवेशन प्रतिनिधिबीच भने रवि गुट र बालेन गुटको खुला चुनौती र भोट माग्ने क्रम सुरु भएको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *