आजको मिति: बुधबार, असार १०, २०८३
११:१६ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

पौडलको गिरफ्तारी राजनीतिक प्रतिशोध : ओली

Infinite Scroll Ad

दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना उपाध्यक्ष एवम् विश्वासपात्र विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको जिकिर गरे । उनले भने, ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानूनी हो ।’

Sidebar Premium Ad

पौडेललाई रिहाइ गर्नुपर्ने बताउँदै ओलीले वर्तमान सरकारका अरू काम पनि गैरकानुनी रहेको आरोप लगाएका छन् । उनले सरकारी कदमको विरोध गर्ने बताएका छन् । ‘सरकार जसरी प्रस्तुत भइरहेको छ । हामी सडक र सदनबाट सशक्त भएर जवाफ दिन जरुरी छ,’ ओलीले भने ।

पार्टी कामका सिलसिलामा सुर्खेत पुगेका एमाले नेता एवम् पूर्वउपप्रधानमन्त्री पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको थियो ।

सुरक्षाकर्मीसहित निजि खर्चमा जहाज चढेर काठमाडौं उत्रन चाहेका पौडेललाई प्रहरीले त्यो सुविधा भने दिएन । प्रहरीले उनलाई माइक्रोमा चढाएर लामो बाटो यात्रा गराएर मंगलबार दिउँसो काठमाडौँ ल्याएको थियो ।
मंगलबार नै पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *