दमक ।
गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको आरोपमा २ जना कुकलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई जना कुक (भान्छे) लाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले पुष्टि गरेका हुन् ।
कुक पक्राउ विषयमा सञ्चारकर्मीले सोध्दा एसपी पौडेलले भने, ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं ।’
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन् । उनले एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएपछि यो घटना बाहिरिएको हो ।




