आजको मिति: बुधबार, जेठ १३, २०८३
०९:०० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
कानुन र राजनीतिको चेपारोमा गाँजा ?|प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप|यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ : मन्त्री चौधरी|पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग|चन्द्रमामा मानव बस्तीका लागि नासाले सार्वजनिक गर्‍यो योजनाको खाका|आफ्नै राइड शेयर प्लेटफर्म निर्माण गर्न सरकारलाई सांसद चाैधरीको आग्रह|संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर|पहिलो कार्यकालमा जग बस्यो, दोस्रोमा नतिजा आयो|नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै|‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’|

पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग

Infinite Scroll Ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। मन्त्रालयले विधायन ऐन, २०८१ को प्रक्रिया बमोजिम सरोकारवाला र सर्वसाधारणको राय सुझावका लागि यो मस्यौदा प्रकाशन गरेको हो।

विशेषगरी नेपालको संविधान बमोजिम तीनै तहको सरकारको क्षेत्राधिकार स्पष्ट पार्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो। मन्त्रालयले यो मस्यौदा उपर आगामी सात (७) दिनभित्र आफ्ना राय तथा सुझावहरू पठाउन सरोकारवालाहरूलाई आग्रह गरेको छ।

प्रस्तावित संशोधनमा पशु वधशाला स्थापना र सञ्चालनका लागि विभागबाट अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको छ। यसका साथै मासुको परिभाषालाई समेत थप व्यापक बनाउँदै मानिसले खान योग्य अप्रशोधित, अर्ध–प्रशोधित र प्रशोधित सबै प्रकारका मासुलाई यसको दायरामा ल्याइएको छ।

Sidebar Premium Ad

मस्यौदाले पशु वधशाला, मासु बिक्री केन्द्र र प्रशोधन स्थलहरूमा सरसफाइ र गुणस्तरको कडा मापदण्ड तोक्ने अधिकार संघीय सरकारलाई दिएको छ भने प्रदेश सरकारलाई पनि आफ्नो क्षेत्रभित्र आवश्यक कानुन र नियम बनाउने बाटो खुला गरेको छ।

यस विधेयकको सबैभन्दा महत्त्वपूर्ण पक्ष जरिवानामा गरिएको भारी वृद्धि हो। हाल प्रचलनमा रहेको ऐनमा सजायको दर कम भएका कारण प्रभावकारी नियमन हुन नसकेको ठहर गर्दै नयाँ मस्यौदामा २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ।

यसअघि ५०० देखि १ हजार रुपैयाँसम्म रहेको जरिवानालाई बढाएर २५ हजारदेखि ५० हजारसम्म र १ हजार देखि २ हजारसम्म रहेको जरिवानालाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म पुर्‍याउने प्रस्ताव गरिएको छ। यस्तो कडा सजायले मासु व्यवसायीहरूलाई गुणस्तर र स्वच्छताप्रति थप जिम्मेवार बनाउने अपेक्षा मन्त्रालयले राखेको छ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *