आजको मिति: बुधबार, जेठ १३, २०८३
०९:०७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
सडकमा स्वतन्त्रताको पदचाप|कानुन र राजनीतिको चेपारोमा गाँजा ?|प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप|यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ : मन्त्री चौधरी|पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग|चन्द्रमामा मानव बस्तीका लागि नासाले सार्वजनिक गर्‍यो योजनाको खाका|आफ्नै राइड शेयर प्लेटफर्म निर्माण गर्न सरकारलाई सांसद चाैधरीको आग्रह|संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर|पहिलो कार्यकालमा जग बस्यो, दोस्रोमा नतिजा आयो|नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै|

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

Infinite Scroll Ad

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्ति समेत जनाइन्। सांसद घतानीले प्रधानमन्त्री साहलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उठेका प्रश्नको जवाफ दिने हिम्मत गर्न चुनौती समेत दिइन्। उनले सरकारलाई प्रश्न नै गर्न नहुने खालको प्रवृत्ति संसद्मा देखिएको भन्दै आक्रोश व्यक्त गरिन्।

सांसद घतानीले देशमा लोकतन्त्रका लागि एउटा घातक प्रवृत्ति देखिँदै गएको र सरकारलाई प्रश्न गर्नै नहुने मानसिक विकास भइरहेको बताइन्। प्रश्न गर्नेहरूलाई नै गलत साबित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्र अन्ध समर्थनको व्यवस्था नभएको र नागरिकहरू ताली मात्रै बजाउने भिड नभएको स्पष्ट पारिन्। यहाँका सांसदहरू जनताका प्रत्यक्ष आवाज र सरकारलाई निरन्तर जवाफदेही बनाउने शक्ति भएको उनको भनाइ छ।

प्रधानमन्त्री लोकप्रिय हुन सक्ने र सरकार शक्तिशाली पनि हुन सक्ने भए तापनि सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन नसक्ने उनले उल्लेख गरिन्। यदि सरकारलाई आफ्नो कामप्रति विश्वास छ भने प्रधानमन्त्री सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिन किन हिच्किच्याएको भन्दै उनले प्रश्न गरिन्। सत्ताको दम्भ दीर्घकालीन नहुने तर जनताको आवाज र लोकतन्त्र सधैँ जीवित रहने भन्दै उनले लोकतन्त्रको अपमान कदापि सह्य नहुने र प्रधानमन्त्रीलाई जनताको प्रश्नबाट भाग्न कति पनि छुट नभएको बताइन्। सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि व्यक्ति नहुने भन्दै उनले प्रधानमन्त्री साहप्रति कडा कटाक्ष समेत गरिन्।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *