आजको मिति: शनिबार, जेठ १६, २०८३
०८:०२ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|गणतन्त्रको यात्रामा किशोरावस्थाको नेपाल|सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?|४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट|नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश

Infinite Scroll Ad

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)का उपाध्यक्ष नेत्र शाही सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् । 

प्रवेश गर्नेमा सचिवहरू नरबहादुर कुमाल, नवराज विक, कोषाध्यक्ष लक्ष्मण विक सहित २० जना रहेका छन् । विद्यार्थी नेताहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता अग्निप्रसाद सापकोटा लगायतले स्वागत गरेका थिए ।

यता अखिल क्रान्तिकारीका अध्यक्ष महेश श्रेष्ठले सङ्गठनको अनुशासनलाई उलङ्घन गर्दै सांगठानिक अराजकता, गुटबन्दी, अनियमितता गरी सङ्गठनको विधान विपरीतको कार्य गरेको भन्दै उनीहरूलाई कारबाही गरेका छन्। 

Sidebar Premium Ad

श्रेष्ठले उपाध्यक्ष नेत्र बहादुर शाही (कालिकोट), सचिवहरू नमराज बिक (कालिकोट), नर बहादुर कुमाल (कालिकोट), कोषाध्यक्ष लक्ष्मण बिक (कालिकोट), केन्द्रीय सदस्यहरू लक्ष्मण बम (कालिकोट), निर्मला लुहार (कालिकोट), मोहन विर कुमाल (कालिकोट), देवेन्द्र शाही (कालिकोट) र प्रकाश वि.क. (अछाम) लाई सङ्गठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी गराएको छ।

1000017696

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *