आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:५४ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा छलफल केन्द्रित भएको छ । सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई विगतमा अभ्यास थियो । 

यसअघि चैत २७ गते प्रतिनिधिसभाको सबै समिति गठन भएका थिए । त्यसका लागि सत्ताको नेतृत्व गरेको रास्वपाले संसदीय समितिका सभापति छान्नका लागि बैठक बोलाएको थियो । तर रास्वपाले सार्वजनिक लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने सम्भावना बलियो छ ।

बैठकमा एमालेबाट गुरु बराल र पदमा अर्याल, माओवादीबाट वर्षमान पुन र युवराज दुलाल,  कांग्रेसबाट भीष्म आङदेम्बे र मोहन आचार्य सहभागी छन् । 

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *