आजको मिति: आइतबार, जेठ १७, २०८३
०६:४५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|स्वास्थ्यमन्त्री मेहताकाे अपिल– सुर्तीजन्य पदार्थको उपभोग बन्द गराैँ|टिकटकर तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ, काठमाडाैं ल्याइयो|पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|

स्वास्थ्यमन्त्री मेहताकाे अपिल– सुर्तीजन्य पदार्थको उपभोग बन्द गराैँ

Infinite Scroll Ad

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का अवसरमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्पका लागि आग्रह गरेकी हुन् ।

सन्देशमा मन्त्री मेहताले भनेकी छन्, ‘सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।’

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छन् । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उनले बताएकी छन् ।

Sidebar Premium Ad

मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरिन् । ‘सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्’, सन्देशमा भनिएको छ, ‘देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्यांक अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।’

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरिन् । उनले सन्देशमा भनेकी छन्, ‘विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।’

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताइन् । नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ: कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *