आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:५५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सञ्चार क्लब उर्लाबारीमा भण्डारी

दमक ।

सञ्चार क्बल नेपाल उर्लाबारीको अध्यक्षमा धनश्याम भण्डारी चयन भएका छन् ।

शनिबार सम्पन्न क्वबको २२औं वार्षिक साधारणसभा तथा चुनावी सभाबाट भण्डारीको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको हो ।

जयधर्म आचार्य संयोजक, कदार चौहान र मोहन भट्टराई सदस्य रहेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम चुनावी परिणामअनुसार क्लबको उपाध्यक्षमा सुमन घिमिरे, महासचिव पुजन दास, सचिव दिपेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा संगिता चाम्लिङ राई चयन भएका हुन् । सदस्यमा क्रमशः छवि श्रेष्ठ र खड्ग बेदना निर्वाचित भएका हुन् ।

४ पत्रकार पुरस्कृत

यसैबीच सोही अवसरमा क्लबले ४ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष राई नगद १० हजार १ रुपैयाँसहित सम्मानित भए ।

त्यस्तै, दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशब निरौला नगद १० हजार १ रुपैयाँसहित पुरस्कृत भए ।

त्यस्तै लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष गौतम र दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दुर्गा प्रसाद खतिवडा नगद १० हजार १ रुपैयाँसहित सम्मानित भएका छन् ।

कार्यक्रम कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *