आजको मिति: शुक्रबार, जेठ १, २०८३
०३:१२ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

झापामा भारतबाट अवैध रूपमा ल्याइएको १५० केजी मरेको माछा बरामद

झापाको झापा गाउँपालिका–४ बालुबाडी क्षेत्रमा भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाईछिपाई ल्याउँदै गरिएको करिब १५० केजी मरेको माछा प्रहरीले बरामद गरेको छ । बरामद माछाको अनुमानित मूल्य रु ४५ हजार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले मंगलबार साँझ उक्त माछा बरामद गरेको हो । माछा ओसारपसारमा प्रयोग गरिएको ११ प ३९४२ नम्बरको मोटरसाइकल पनि फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देख्नेबित्तिकै अवैध माछा ल्याउने व्यक्ति फरार भएका छन् । नियन्त्रणमा लिइएको मोटरसाइकल इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।

बरामद गरिएको माछा साँझ करिब ६ बजे झापा गाउँपालिका–१ का वडा सदस्य कमल बहादुर लिम्बु तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *