आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:५५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

नेपाली रुपैयाँ विदेश पलायनको माध्यम बन्यो स्मार्टफोन

दमक ।
३३ अर्ब ८२ करोड बढी नेपाली रुपैयाँ स्मार्टफोन खरिदका लागि विदेशिएको छ । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोग बढेसँगै सो बराबरको रकम विदेशिएको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको हो ।

विभागको तथ्यांक अनुसार चालु आव ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ । जबकि, गत आव सोही अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार बराबरका १५ लाख ८४ हजार ९ सय ५६ थानमात्र मोबाइल भित्रिएका थिए ।

चालु आव चैतमा मात्रै पनि ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्चिएर १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन भित्र्याइएको थियो ।

नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको छ । चालु आव चीनबाट मात्रै २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९ सय ३५ थान स्मार्टफोन आयात भएको छ ।

चीनपछि नेपालमा धेरै मोबाइल भारतबाट आउने गरेका छन् । यस अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन भित्रिएका छन् ।

स्मार्टफोन आयातमाबाट चालु आव ९ महिनामा सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार बराबर राजस्व संकलन गरेको बताइएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *