आजको मिति: शुक्रबार, जेठ १, २०८३
०३:३५ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

रास्वपा गौरादहमा गुटबन्दी: ढकाललाई मेयर बनाउन घिमिरेको पहल, श्रीअन्तुमा बैठक

झापा । गौरादहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरिक गुटगत गतिविधि र शक्ति सन्तुलनको प्रयास देखिन थालेको छ । चुनाव आउन अझै करिब एक वर्ष बाँकी रहँदा नै केही नेताहरू सम्भावित उम्मेदवार र संगठनभित्रको प्रभाव विस्तारका विषयमा सक्रिय भएको बताइन्छ, जसले पार्टीभित्र चासो र असन्तुष्टि दुवै बढाएको छ ।

प्रदेश सचिवालय सदस्य नारायणप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला कोषाध्यक्ष पुष्प ढकाल, गौरादह नगर र्याट संयोजक दयाराम कार्की, नगर सचिव प्रबिण बस्नेत, क्षेत्रीय सचिव बाबुराम दाहालसहितको टोली शुक्रबार इलामको श्रीअन्तु पुगेको थियो । बाहिरबाट हेर्दा ‘भ्रमण’ जस्तो देखिए पनि, भित्रभित्रै गुट सुदृढीकरण र शक्ति प्रदर्शनको कसरत भएको आरोप छ ।

उक्त भेलामा सहभागी नेताहरूले आगामी स्थानीय तह निर्वाचनका लागि पुष्प ढकाललाई गौरादह नगरपालिकाको मेयर उम्मेदवार बनाउने ‘सेटिङ’ मिलाइसकेको चर्चा छ । माओवादी पृष्ठभूमिबाट आएका ढकालले पार्टीभित्र आफ्नो वर्चस्व स्थापित गर्न योजनाबद्ध रूपमा समूह परिचालन गरेको आरोप कार्यकर्ताहरूले लगाएका छन् । अन्तुसम्म नेता र कार्यकर्ता डोर्‍याउनु पनि त्यही रणनीतिक अभ्यासको हिस्सा भएको बताइन्छ ।

विशेष गरी नारायणप्रसाद घिमिरेको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । पार्टीको केन्द्रीय लाइन र घोषित मूल्य – मान्यताविपरीत गएर व्यक्तिगत गुट खडा गर्ने, आफ्नै समूहलाई अघि सार्ने र संगठनलाई विभाजित गर्ने शैलीले घिमिरेको नियतमाथि नै शंका पैदा गरेको एक रास्वपा कार्यकर्ताले बताए । पार्टीको नाममा व्यक्तिगत स्वार्थ धान्ने काम भइरहेको छ,´ उनले भने,यो व्यवहारले रास्वपालाई पनि पुरानै दलहरूको बाटोमा धकेल्दैछ ।´

पार्टी भित्र स्थानीय स्तरमै अहिले ‘को मेयर बन्छ ?’ भन्ने विषयमा खुला बहस नभई बन्द कोठाभित्र निर्णय हुने संकेत देखिन थालेको भन्दै कार्यकर्ताहरू आक्रोशित छन् । `हामीले नयाँ राजनीति भनेर विश्वास गरेका थियौं, तर यहाँ पनि टिकटको बार्गेनिङ सुरु भयो,´ अर्का कार्यकर्ताले गुनासो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निति अनुसार उम्मेदवार छनोटका लागि स्पष्ट विधि, मापदण्ड र प्रक्रिया तय गरेको छ । आधिकारिक संरचनाबाहिर बसेर कसैले पनि उम्मेदवार घोषणा गर्ने वा ‘सेटिङ’ मिलाउने अधिकार नरहेको पार्टीकै विधानले स्पष्ट गर्छ । यस्तो अवस्थामा, केही नेताहरूको गुटगत गतिविधिले पार्टीभित्र गहिरो असन्तुष्टि मात्र होइन, मुलधारको राजनीतिमा ‘नयाँ विकल्प’को रूपमा स्थापित भइसकेको रास्वपाको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको ती कार्यकर्ताले गुनासो गरे ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *